धादिङमा बस दुर्घटना, १३ जिल्लाका १९ यात्रु घाइते

रुकुम पूर्व । काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको यात्रुबहाक बस धादिङमा दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोटका लागि छुटको बा ४ ख ५७९० नम्बरको बस दुर्घटना भएको हो ।

शनिबार साँझ ६ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोलास्थित त्रिशुली नदि किनारमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बस दुर्घटनामा परी विभिन्न १३ जिल्लाका १९ जना यात्रु घाइते भएको प्रहरीचौकी जोगिमारा धादिङका प्रहरी सहायक निरिक्षक सुमन भण्डारीले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरुमा रुकुम पूर्व सिस्ने गाउँपालिका– ४ का १९ वर्षे भुवन केसी, रुकुम पूर्व भूमे गाउँपालिका ५ का २१ वर्षीय मदन बुढा मगर, रुकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ का ३६ वर्षका मदन विक, रुकुम पश्चिम सानीभेरी गाउँपालिका– ३ का ५० वर्षका नरबहादुर खड्का, रुकुम पश्चिम आठविसकोट नगरपालिका– ८ का ३४ वर्षका शिव बहादुर शाही, चौरजहारी नगरपालिका– १ का योगेश्रवर बिक, सोही वडाका प्रेमसिंह बोहरा रहेका छन् ।

रामेछाप मन्थली नगरपालिका– ९ का मिलन थापा, धादिङ गल्छी गाउँपालिका– ८ का रत्न तामाङ, सिराहा गोलबजार नगरपालिका १३ का २२ वर्षिय रमेश सिंह, दोलखा कालिनचोक नगरपालिका ९ का ३४ वर्षीय अविशेक खाती, दोलखा बैतेश्री गाउँपालिका ८ का वर्ष २१ श्रीकृष्ण श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका भण्डारीले बताए ।

यस्तै रौतहट चन्द्रपुर नगरपालिका– २ का २६ वर्षकी सिता मैनाली, बारा करयैमाई गाउँपालिकाका– २७ वर्षका प्रविन चौधरी, काठमाडौका अनिष लामिछाने, कास्कीका कृष्ण प्रसाद अधिकारी, कञ्चनपुरका २४ वर्षका तेजबहादुर कठायत, बागलुङ निसीखोला गाउँपालिकाका सविन छन्त्याल र बस चालक धादिङको गल्छी गाउँपालिका– ८ का २४ वर्षका सुमन तामाङ घाइते भएका छन् ।

१९ घाइतेमध्य बस चालक तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बसमा सवार अन्यलाई टाउको, हात, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरु सबैको अवस्था मध्यम रहेको छ ।

घाइतेमध्य धादिङमा सामान्य उपचारपछि केहीलाई काठमाडौं रिफर गरिएको छ भने बाँकीको धादिङमै उपचार भइरहेको छ ।

बस पृथ्वी राजमार्गबाट करिव दुई सय मिटर तल त्रिशुली नदिमा खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया