भारतमा व्यवसायसँगै सामाजिक काममा सक्रिय छन् बझाङका जनेस्वर जोशी

बझाङ । जिल्लाको बझाङ दुर्गाथली गाउँपालिका वडा ४ जुजि आमरुख घर भएका जनेस्वर जोशी नेपालमा मात्र नभई भारतको ठुलो सहर कर्नाटक राज्यको ब्याङ्लोरमा रहेका प्रवासी नेपालीहरु माझ निक्कै चिरपरिचित छन् । जोशीले अहिले भारतमा आप्नै लगानीमा जय लक्ष्मी ट्राभल्स कम्पनी स्थापना गरी ब्याङ्लोर टु नेपाल, नेपाल टु ब्याङ्लोर दुई ओटा एसी भएका ठुला बस र दुईओटा एसी नभएका ठुला बस गरी चार ओटा बस सञ्चालन गरिरहेका छन् ।

जोशीले आफू १३ वर्षको उमेर पुग्नै लाग्दा वुवाको असामयिक निदन भएपछि घरमा कमाउने कोही नभएपछि गाँउका दाजुभाई सँग ब्याङ्लोर पुगेको बताए ।

उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर भएपछि पढाईलाई निरन्तरता दिन सकिएन् घरमा चार भाइ र दुई बहिनी र आमाको लुगा कपडा, घर खर्च भाई बहिनीहरुको पढाई खर्च चलाउन गाह्रो भएपछि आफ्नो पढाईलाई थाती राखी गाँउका दाजुभाई सँग ब्याङ्लोर पुगे ।’

ब्याङ्लोर पुगेर निकै दुख पाएको जोशीले बताए । उनले भने, ‘मेहनत गरे के हुदैन र म ब्याङ्लोर पुग्दा सुरु सुरुका दिनहरुमा निक्के दुख झेल्नु पर्यो । सुरुका दिनहरुमा मैले झाडो पोचा लगाउने (स्विपर) काम गरे ।’

‘कामको सिलसिलामा भारतमै सामाजिक क्षेत्रमा पनि काम गर्दै जाँदा धेरै नेपालीहरु सँङ्ग परिचय हुँदै गयो’ उनले भने, ‘पण्डित भएकोले मलाइ सानैदेखी पुजापाठ, नित्यकर्म, आदि गर्न आउथ्यो, दिनभर नेपालीहरले पुजापाठ गर्न बोलाउथे केही पैसा त्यहीबाट आउथ्यो र साँझ बिहानको समयमो ड्युटी जान्थे केही वर्षपछि भारतमै केही गर्नुपर्छ भन्ने सोच आयो मैले वारियर सेकुरेटी सर्बिस खोले त्यसबाट पनि कयौं नेपालीहरुले रोजगारी पाए भने आफूलाई आर्थिक आयआर्जन गर्न राम्रो भयो ।’

जोशी भने, ‘कयौं प्रवासमा बसेका नेपालीहरुले भारतका विभिन्न सहरहरुमा बिना गल्ती समस्या पाउने गरेको देखेपछि केही साथीहरु जम्मा भएर मेरै सक्रियतामा नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सोच आएपछि भारतमै पशुपतिनाथ नेपाली जनकल्याण समितिको स्थापना गरी प्रवासी नेपालीहरुको हकहितमा काम गर्दै आइरहेका छौं ।’

सो समितीले बिना कसुर ब्याङ्लोर प्रहरीमा यातना पाइरहेका नेपालीहरुको उद्धार गरेको उनले बताए । आर्थिक अभावमा उपचार पाउन नसकेका नेपालीहरुलाई सहयोग संकलन गरेर धेरै जनाको उपचार गर्न सफल भएको उनले बताए । उनले भने, ‘कोरोना देखिएको समयमा हाम्रो संस्थाले घेरै नेपालीहरुलाई खाद्यान्नको लागी रासन बितरण गरेका छौं । नेपाल फर्कनेहरुका लागि टिकटको व्यवस्था पनि गरेका थियौं ।’

कोरोनाको समयमा धेरै नेपालीलाई ब्यांगलोरबाट नेपाल फर्कन समस्या भएपछि यातायातको सहजताको लागि आफ्नै बस किन्ने सोच आएपछि सुरुका दिनमा जोशीले एक सिलिपर एसि बस किने का थिए । जसको सञ्चालन गर्दा राम्रो भएपछि अहिले दुई एसि सिलिपर र दूईवटा नन एसि सिलिपर बस गरी ४ ओटा आफ्नै बस सञ्चालन गरेका छन् । उनले सो व्यवसाय राम्रो फस्टाएको बताए ।

उनले भने, ‘मलाई यहाँ सम्म पुर्याउन मेरा मेरो घर परिवार आफन्त इस्टमित्र, मेरा सवै (जजमान) पुजा गर्न बोलाउनेहरुको माया प्रेम सद्भाव नै हो । यही व्यवसायबाट धेरै गर्न नसेकपनि घरपरिवारको खर्च र केही बचेको रकमले धनगढी चौराह नजिकै जयलक्ष्मी होटेल पनि सञ्चालन गरेको छु ।’

उनले भावी दिनमा नेपाल फर्किएर आफ्नो जन्मभुमिको विकासको लागि लाग्ने बताए । उनले भने, ‘प्रवासको ठाउँमा त यत्तिका वर्ष नेपाल र नेपालीको लागि गरियो अब आउने दिनहरुमा केही समय मिलाएर गाउँठाँउको विकासका लागी सामाजिक क्षेत्रमा काम गर्ने सोच बनाएको छु ।’

प्रतिक्रिया