लमजुङमा राती ८ बजे पछि देउसीभैलो खेल्न नपाइने

लमजुङ । तिहार अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राति ८ बजे पछी खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले राती ८ बजेपछि देउसी–भैलो कार्यक्रम नगर्न आग्रह गरेको हाे ।

देउसी–भैलोलगायतका कार्यक्रमहरू तोकिएको समय भन्दा पछि गरेमा नागरिकको शान्तिसुरक्षामा प्रतिकूल असर पुग्ने भन्दै सक्ने भएकाले रातकाे ८ बजेपछि देउसी–भैलो कार्यक्रम नगर्न आग्रह गरेको छ ।

तिहारमा प्रयोग हुने विस्फाेटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया