कोहलपुर बसपार्कका संरचना हटाइयो

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर बसपार्कमा लामो समयदेखि व्यवसायी गर्दै आएका व्यवसायहरुले संरचना हटाएका छन् ।

कोहलपुर नगर विकास समितिले सम्झौता नविकरण नगर्नुका साथै बारम्बार हट्न दबाब दिन थालेपछि त्यहाँका व्यवसायीहरुले स्वर्तस्फुर्तहरुमा आफ्ना संरचना हटाएका हुन् । पछिल्लो पटक नगर विकास समितिले असोज २८ गते संरचा खाली गराउन तीन दिने अल्टिमेटम दिएको थियो ।

नगर विकास समितिले यसअघि भदौ महिनामा पनि जवरजस्ती संरचना भत्काउन खोजे पनि व्यवसायीहरुको अवरोध र सुरक्षा निकाय र राजनीतिक दलको असहयोगका कारण काम हुन सकेको थिएन । संरचना भत्काउने कार्यमा असहयोग भए पनि कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाको सभा हलमा सर्वपक्षीय सर्वदलीय बैठक नै आह्वान गरेका थिए ।

दुईपटक बसेको बैठकले बसपार्क सुधार समितिको आग्रह अनुसार भदौ १५ गते असोज मसान्तसम्म व्यवसायीहरुले संरचना आफै खाली गर्न दिने निर्णय भएको थियो । सो समयमा व्यवसायीहरुले संरचना भत्काएनन् ।

निर्णय कार्यन्वयन नभएपछि नगर विकास समितिको आयोजनामा फेरि बैठक बसेर पहिलाको निर्णय कार्यान्वयन गर्ने विषयमा सरोकारवालाहरुको एकमत बन्यो । तर, मंगलबार विहानैदेखि व्यवसायीहरुले संचरना भत्काउन सुरु गरिसकेका थिए ।

तर, नगर विकास समितिले डोजर लगाउन खोजेपछि व्यवसायीहरुले अवरोध सिर्जना गरे । चर्को विरोधपछि डोजर फिर्ता भयो । त्यसपछि बसपार्क केही समय तनावग्रस्त बन्यो । व्यवसायीहरुले आफै संरचना भत्काउन खोज्दा अटेरी गरेको भन्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको विरोध गरेका गरेका थिए ।

आफूहरुलाई नगर विकास समिति बैकल्पिक व्यवस्था विना नै विचल्लीमा पारेको आरोप लगाएका थिए । वर्षौ व्यवसाय गरेको ठाउँ छोड्नु पर्दाको आक्रोश उनीहरुमा झल्किएको थियो । लामो समयदेखि त्यहाँ व्यवसाय गर्दै आएकी अंकिता पुनमगरले नगर विकास समितिले आफूहरुको रोजीरोटी खोसेको गुनासो गरिन् ।

उनका अनुसार वैकल्पिक व्यवस्था विना व्यवसायीहरुलाई उठाउँदा सयौँ जनाको रोजगारी खोसिएको छ ।
त्यहीबीचमा बसपार्कमा आएका आचार्यलाई व्यवसायीहरुले अवरोध सिर्जना गरे । उनीमाथि ढुंगा समेत प्रहार भएको थियो ।

ठूलो सुरक्षा घेरामा बसपार्क छिरेका उनी आफ्नो सुरक्षाका लागि होटलभित्र समेत छिरेका थिए । पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नगर विकास समितिले कोहलपुर कम्प्लेक्स स्थापना गर्नको लागि संरचना खाली गर्न लागेको स्पष्टिकरण दिए ।

उनले नगर विकास समितिले व्यवसायीहरुको मागको सम्बोधन गर्दै लामो समय मानवियताका नाताले कुरेको समेत बताए । यस्तै हाल बसपार्कमा व्यवसाय गरिरहेका मध्ये १३ जनालाई नगर विकास समितिले टहरा उपलब्ध गराउने पनि बताए । कोहलपुर नगर विकास समिति बसपार्क क्षेत्रमा कोहलपुर कम्प्लेक्स निर्माण गर्ने जनाइएको छ ।

प्रतिक्रिया