अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा

नवलपरासी । सशस्त्र प्रहरिले पश्चिम नवलपरासीबाट अवैध चिनी लोड गरिएका दुई ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको प्रतापुर गाउँपालिका– २ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट बुधबार करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको चिनी र दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया