आयोगविरुद्ध गुरुङको रिट विश्वम्भर श्रेष्ठको इजलासमा दोस्रो पेशी सूचीमा


काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए । सो दिन भने न्यायाधीश हरि फुयालको इजालासमा परेको थियो। आईतबार श्रेष्ठको एकल इजलासको दोसे नम्त्ररमा पो पेशी परेकोले आज यस सम्बन्धमा सुनुवाई हुने संभावना बढेर गएको छ।

बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको मनोनयन खारेज गरेको थियो ।

अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज गरिएको भन्दै गुरुले बिहीबार अदालतमा उजुरी दिएका थिए ।

प्रतिक्रिया