कांग्रेसले पारित गर्यो घोषणापत्र

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरको हो ।

बैठकमा नेताहरुले दिएको सुझावलाई समेटेर आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने निर्णय भएको कांग्रेसले जनाएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाएका थिए । त्यसपछि कार्यसम्पादन समितिमा रहेका नेताहरुले थप सुझाव दिएका थिए । बैठकमा आएका सुझावसहित घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेसले शर्माको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिक्रिया