निर्वाचन आयोगविरुद्ध गुरुङको रिटको पेशी सर्यो

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट को पेशी शुक्रबार तोकिएकोमा सो दिन स्थगित भएको छ । पेशी सूची तर्फ अन्तिममा रहेको सो रिट निवेदक तर्फका ब्यबसायीले हटाउन माग गरेकोले स्थगित गरेको सर्बोच्च अदालतले जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको विरोधमा निर्वाचन अधिकृत र निर्वाच आयोग समेतलाई बिपक्षी बनाई रिट खारेजीमो माग गर्दै बिहीबार रिट दायर भएको थियो ।
सो रिटको पेशी शुक्रबारका लागि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेकोथियो । आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी बारे अर्को दिन तोकिने छ ।

सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।

प्रतिक्रिया