बाँकेमा छानिए म्यादी प्रहरी

बाँके । आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि बाँकेमा म्यादी प्रहरी छनोट गरिएको छ । म्यादी प्रहरी छनोटका विभिन्न चरण पार गर्दै बाँके प्रहरीले म्यादी प्रहरी छनोट गरेको हो ।

सो निर्वाचनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २६ गते विज्ञापन आह्वान गरेको थियो । सोहीअनुसार बाँके जिल्लामा समेत दरखास्त दिएका पूर्वसुरक्षाकर्मी, पूर्वम्यादी (स्थानीय तह निर्वाचन २०७९ मा सहभागी) तथा सर्वसाधारणले दिएको आवेदन दिएकाहरूबाट सफल र वैकल्पिकहरूको अन्तिम नामावली सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बाँकेमा ४ हजार ९ सय ९९ जनाले आवेदन दिएका थिए । ती मध्ये कुल १ हजार ९ सय ५९ जना म्यादी प्रहरी छनोट भएका हुन् ।

उनीहरूलाई म्यादी प्रहरी छनोट निर्देशिका अनुसार विभिन्न चरण पार गर्दै असोज २३ र २४ मौखिक परिक्षा उत्र्तीण भएका मुख्य उम्मेद्वार र वैकल्पिक उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको सूचना अधिकारीसमेत रहेका घर्तीमगरले बताए ।

ती मध्ये ४ सय २८ जना महिला र पुरुष १२ सय ३१ जना छनोट भएको उनको भनाइ छ । सूचना अधिकारी घर्तीमगरले म्यादी प्रहरीहरूलाई असोज ३० गते बोलाइएको समेत जानकारी दिए । त्यसपछि उनीहरू पूर्ण रूपमा निर्वाचन प्रयोजनका लागि खटिनेछन् । त्यसपछि विभिन्न क्षेत्रमा खटाउने जिल्ला प्रहरी कार्यालय बाँकेको तयारी छ ।

प्रतिक्रिया