प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइको प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया