गायक मिलन लामा चितवन– १ बाट चुनाव लड्दै

काठमाडौं । लोदोहोरी गायक मिलन लामा आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधिसभा सदस्य पदका लागि चुनाव लड्ने भएका छन् ।

उनी चितवन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका हुन् । गायक लामाले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका छन् ।

उनले स्वतन्त्रबाट चुनाव लडेर जनताको लागि विकास र समाजसेवा गर्ने बताएका छन् । साथै, लामाले आफ्नो चुनाव चिन्हमा मतदान गरेर जिताउन आग्रह गरेका छन् ।

प्रतिक्रिया