बागीहरूले ३१ गतेसम्म उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी तथा गठबन्धनको साझा उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारीहरु आउँदो ३१ गते सम्म निस्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ ।

कांग्रेसले बुधबार मात्रै फिर्ता नलिएका बागी उम्मेदवारहरु र तथा उनका प्रस्तावक र सर्मथकलाई ५ वर्षका लागि पार्टीबाट साधारण सदस्यता समेत नरहनेगरी कारबाही गरिएको थियो ।

बिहिवार कांग्रेसले पुन: वक्तव्य निकालेर ३१ गते सम्म बागी उम्मेदवारहरु आ आफनो उम्मेदवारीहरु निस्क्रिय पारेर औपचारिक उम्मेदवारलाई सघाएमा पार्टीले गरेको कारबाही फुकुवा गर्ने जनाएको छ ।

प्रतिक्रिया