‘१० भाइ र १० बुँदेवाला भनेर ओलीले टिकटमा भेदभाव गरे’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाएका छन् ।

साथै, उनले आफूले राष्ट्र र राष्ट्र हितको पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष ओलीले चुनावमा टिकट नदिएको बताए ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए ।

उनले पार्टीभित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप नेता रावलले लगाए ।

प्रतिक्रिया