विराटनगर । समाजसेवी एवं उद्योगपति दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिने भएको छ । लामो सयमदेखि सामाजिक सेवामा सक्रिय रहेका गोयललाई २८ असोज शुक्रबार विराटनगरमा नागरिक आभिनन्दन गर्न लागिएको हो ।
नागरिक अभिनन्दन समारोह समितिले विराटनगरमा बुधबार पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएको हो । पूर्वराष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा तथा पशुपतिनाथ मान्दिरका मूल भट्टको विशेष आतिथ्यमा समाजसेवी गोयललाई अभिनन्दन गर्न लागिएको समितिका अध्यक्ष सरेशकुमार शर्माले बताए ।
समासेवी गोयललााई विराटनगरका विभिन्न संघसंस्थालगायत देश विदेशका गरी डेढ सय संघसंस्थाले नागरिक अभिनन्दन तथा सम्मान गर्न लागेको शर्माको भनाइ छ ।
समाजिक व्यक्तित्वको रूपमा परिचित गोयलले मोरङ, झापा, सुनसरी, धनकुटा तथा तेह्रथुमलगायत विभिन्न जिल्लामा रहेका दुई सयभन्दा बढी शैक्षिक, धार्मिक तथा सामाजिक संघसंस्थाहरूलाई आर्थिक सहयोग पु¥याइरहेका छन् ।
२००५ सालमा झापामा जन्मिएका गोयलले विराटनगरमा बसेर विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन् । गोयलले सात सय बढी असहाय बालबालिकालाई नगद रूपमा छत्रवृत्ति प्रदान, सैक्षिक सामग्री वितरण, विभिन्न मठमन्दिरको निर्माण, एक दर्जन आश्रमस्थल तथा सयौ ज्येष्ठ नागरिक असहाय अशक्त तथा एकल महिलाहरूलाई आर्थिक रूपमा सहयोग पु¥याइरहेका छन् ।
विगत २० वर्षदेखि सामाजिक कार्य गर्दै आएकाले विराटनगरको समाजले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको समितिका महासचिव श्याम पौडेलले बताए । नागरिक अभिनन्दनका लागी सुरेशकुमार शर्माको अध्यक्षतामा १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाकार समिति तथा ४ सय ७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको महासचिव पौडेलले जानकारी गराए ।
प्रतिक्रिया