पहिरोले पुरिएका ३ जनाकाे शव चार दिनपछि फेला

प्युठान । पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनामध्ये तीन जनाकाे शव ४ दिनपछि फेला परेकाे छ । माण्डवी गाउँपालिकाको वडा नम्बर ४ फरिन्डेमा बुधबार स्काभेटरको सहायताले बेपत्ता भएकाहरूकाे शव निकालिएको प्रहरीले बताएको छ । बेपत्ता शव मध्ये ६० बर्षिय बोमबहादुर राहुँमगर, ६० बर्षिय हिरा बहादुर राहुँमगर र ४ बर्षिय सुशान्त थापामगरको शव स्काभेटरको सहायताले निकालिएको प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।

गत शुक्रवार दिउँसो घर माथिबाट एक्कासि आएको पहिरोले घर पुरिएरपछि माण्डवी-४ का बोमबहादुर राहुँ सहित दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए । यसअघि ३ जनाको शव भेटिएको थियो । सोही ठाउँका फेला परेका ३ जना १८ वर्षीया मौसमी थापामगर, ५५ वर्षीया थमा बुढामगर र २१ वर्षीया टेकी राहुँमगर रहेको प्रहरीले जानकारी दिएको छ । शव निकाल्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलि स्थानीय र जनप्रतिनिधि समेत खटेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया