आज उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडाैं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज मनोनयन फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयाेगका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनका लागि मनाेनयन दर्ता गरेका उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिन समय दिइएकाे छ ।

यस्तै, आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

प्रतिक्रिया