
पर्वत । पर्वतमा प्रतिनिधीसभा र प्रदेसभाका लागि नेकपा(एमाले)का उमेदवारहरुले पार्टीका संस्थापक नेता ८१ बर्षिय तोयनाथ चालिसे संग आर्शिबाद लिएर मनाेनयन दर्ता गरेका छन् । नेकपा(माले)का संस्थापक नेता तोयनाथ चालिसेबाट टिका तथा दही खाएर आर्शिबाद लिएपछि एमालेका उमेदवारहरुले उमेदवारी दर्ता गरेकाे हो ।
पर्वतमा नेकपा(एमाले)बाट प्रतिनिधीसभामा पदम गिरी तथा गण्डकी प्रदेशसभाका लागि प्रदेश क मा भक्त कुवँर तथा प्रदेश ख मा मित्रलाल बस्यालले उमेदवारी दर्ता गराएका हुन् । प्रतिनिधीसभाका उमेदवार गिरी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद जोशीलाई झण्डै १३ हजार मतान्तरले पराजित गरेका थिए ।

यसपटक पनि गिरीको प्रतिष्पर्धा जोशी संगै हुने भएको छ । गठबन्धनबाट उमेदवारी दर्ता गर्नुभएका जोशीको यो पाँचौ प्रतिष्पर्धा हो । जोशीले तीन पटक चुनाब जितेका छन्, भने एमालेका उमेदवार पदम गिरीसंग यसअघि पराजित भएका थिए । यसैगरी प्रदेशसभा क का उमेदवार भक्त कुवँरको यो पहिलो प्रतिष्पर्धा हो । उनले यस अघि स्थानिय, संघ र प्रदेशको चुनाब लडेका छैनन् ।

एमाले नेता कुवँरले गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओबादी केन्द्रका सुदिप कुवँर संग प्रतिष्पर्धा गर्दै छन् । प्रदेशसभा ख का उमेदवार मित्रलाल बस्याल २०७४ को स्थानीय चुनावमा पैयुँ गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका पूर्ब मुख्य सचिव ऋषिकेश तिवारीसँग प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया