प्यूठानमा एमालेबाट संघमा सुर्य थापा र प्रदेशमा शर्मा र रिजालले पाए टिकट

प्युठान । नेकपा एमालेले एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट प्रतिनिधि सभाको लागी नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ ।
जिल्लबाट नेकपा (एमाले) प्युठानले सुर्य थापालाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस गरेको थियाे ।

पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टीको राजनीतिमा आएका थापालाई पार्टीले पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्यूठानको प्रदेश प्रत्यक्षतर्फ क बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र ख बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सह-इन्चार्ज हरिप्रसाद रिजाल उम्मेदवार बनाएको छ ।

दुबै जना हरिप्रसाद रिजाल र तुलसीराम शर्मा लाई जिल्ला बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यको लागि एकल उमेदवार सिफारिस गरेको थियो । रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण विकास मन्त्रीसमेत बनेका थिए । नेकपा एमालेका जिल्ला अध्यक्ष भएर अहिले पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य रहेका तुलसीराम शर्मा भने प्युठान क्षेत्र नम्बर १ (क)बाट सिफारिस भइ निर्वाचनको लागि पहिलोपटक प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा होमिएका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया