प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्युठान । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । डिभिजन बन कार्यालय प्युठानको भवनमा आज कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले जिल्ला अदालत प्युठानका न्यायाधीश देव प्रसाद योगिलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

यहि असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचनको विभिन्न तयारी शुरु भएको मुख्य निर्वाचन अधिकृत योगिले जानकारी दिए । जिल्लामा मतदान स्थल १५६ रहेका छन् भने,मतदान केन्द्र २२३ रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ ।

जिल्लामा कुल मतदाता संख्या पुरुष ७७ हजार ७ सय ६९ र महिला ८१ हजार ९ सय ९० गरि जम्मा १ लाख ५९ हजार ७ सय ६० रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देबिराम पाठक जानकारी दिएका छन् । जिल्लामा दुई वटा प्रदेश निर्वाचन क्षेत्र र एक वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया