आगामी तीन दिन यी नदीमा बाढी आउने

काठमाडौं । आगामी तीन दिन अधिकांश ठूला नदीमा बाढी आउने भएको छ । देशका धेरै भागमा केही दिनदेखि निरन्तर वर्षा भइरहेका कारण अधिकांश ठूला नदीमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाऊ, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने विभागले जनाएको छ । केहीमा सतर्कता र केहीमा खतराको तहसम्म पुग्न सक्ने विभागको पूर्वानुमान छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने विभागको भनाइ छ ।

प्रतिक्रिया