कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल कारोबार प्रवद्र्धन गर्ने उद्देश्यका साथ भाद्र १९–२४ सम्म संचालनमा ल्याएको केएस डिजिटल विक सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्न बैंकले ग्राहकलाई विभिन्न अफर उपलब्ध गराएकोमा दुई जनाले स्मार्टफोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका छन् ।

उक्त कारोबार गर्ने ग्राहकबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालद्वारा लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगन्जका पर्फेक्ट सोलुसन सेन्टरलाई स्मार्टफोनका विजेता घोषणा गरिएको थियो । उक्त स्मार्टफोन बैंकले भाग्यशाली ग्राहकलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया