जगदम्बा मोटर्सको ३ नयाँ शोरुम संचालनमा

काठमाडौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको पावन अवसरमा थप ३ शोरुम संचालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङको घोराहीमा नेबेल टे«डिग गरि ३ शोरुम एकै दिन उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको पनि उल्लेख गरिएको छ । गुणस्तरीय उत्पादन, बिक्री पश्चातको सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई सन्तुष्टि दिदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया