मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पाँचथर । फिदिम नगरपालिका ४ सालघारीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका ३ का २४ वर्षिय भिमबहादुर माझीको बुधबार दिउँसो मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मृथयु भएको हो ।

लोकमार्गको बाटोहुँदै कुम्मायक जादै गर्दा सालघारीमा मोटरसाइकल दर्घटना हुँदा चालक माझी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकल सवार सुस्मिता माझी घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया