पाँचथर । कालिका कृषि सहकारी संस्थाको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पाँचथर जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । उक्त सभामा संस्थाका अध्यक्ष ग्यनाथ बाँस्कोटाले गत आव २०७८/०७९ सम्पन्न भएका २१ बुदें प्रगती र चालु आव २०७९/०८० का लागी २२ बुँदे कार्यक्रम सहितको संगठनिक प्रतिवेदन, आवको आय ब्यय र चालु आबको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको शेयर रकम ३५ लाख ३६ हजार ९ सय, बचत १ करोड ८५ लाख, २१ हजार १ सय ८२ रुपैयाँ,ऋण लगानी २ करोड ३९ लाख ८० हजार ८ सय ६९ रुपैयॉ , खुद आम्दानी ४० लाख ३९ हजार ५ सय ३४ रुपैयॉ र संचालन खर्च १८ लाख ३४ हजार ५ सय ७२ रुपैयाँ खर्च भइ कुल ५ लाख २६ हजार ५६ रुपैयॉ नाफा रहेको प्रतिवेदन सभाबाट पारित भएको छ।
फिदिम नगरपालिका सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले सहकारी ऐन तथा नियमावली अनुसार सहकारी संचालनमा लाग्नु पर्ने, स्थानीय तह र सहकारीबीच समन्वय गर्दै अघि बढ्न दुवै तर्फबाट लागि पर्नु पर्ने बताइन । सहकारीहरुले मुख्य उद्देश्यको ७० प्रतिशत कारोबार र बाँकि ३० प्रतिशत बचत गर्ने पर्ने प्रावधान भए पनि संघको तर्फबाट यस्लाई ठिक उल्टो बनाउनको लागि पैरवी भर्इ रहेको जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझाले बताए ।
सभामा फिदिम नगरपालिका वडा नं ७ र८ का नव निर्वाचित जनप्रतिनिधीहरुलाइ ओझाले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेका थिए । सभामा संस्थाबाट ऋण लिएर नियमित एवं सही समयमा किस्ता र ब्याज बुझाउने असल ऋणी प्रकाश मिश्र, धनप्रसाद नेम्वाङ र टीकामाया गुरुङलाइ नगद ३ हजारका दरले दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।
यसै गरी शेयर धनी सदस्यका छोराछोरीहरु मध्येबाट एईइमा सामुदायीक विद्यालयबाट बढी जिपिए ल्याउने बिहानी राई र संस्थागत विद्यालयबाट अनिस अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी उच्च शेयरधनी बचतकर्ता सन्तबहादुर राई, जेष्ठ शेयरधनी वचतकर्ता पुरुषमा बालकृष्ण बाँस्कोटा र महिलामा नैनकला निरौलालाइ सम्मान गरिएको थियो ।
यसैगरी कनिष्ट बाल बचतकर्ता आयुध ढुंगाना र उच्च बालबचत कर्ता शितल तामाङलाइ समेत सम्मान गरिएको थियो । सभामा राष्टिय सहकारी बैंकका प्रबन्धक सुमन श्रेष्ठ, जिल्ला सहकारी संघ पाँचथरका सचिव महेन्द्र लुइटेल, वडाध्यक्ष रुपेन्द्र तामाङ, वडा सदस्यहरु बलबहादुर राई, प्रदिप बाँस्केटा, खड्कबहादुर सुनार लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिव विरेन्द्र अधिकारी र उपाध्यक्ष गुरुप्रसाद बाँस्कोटाले पनि मन्तब्य राखेका थिए ।
प्रतिक्रिया