टाटा मोटर्सको दसैँ अफर

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि दसैँलक्षित अफर सार्वजनिक गरेको छ । दसैँको अवसरमा ‘बडा पर्वको बडा अफर’ ल्याएको छ । उक्त अफरमा टाटाका गाडीहरू खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ ।

जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्याङ्कन प्राप्त गर्न सकिनेछ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले बताएकाे छ ।

यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायत विशेष आर्कषणहरू रहेका छन् ।

प्रतिक्रिया