मकवानपुर । महिला अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भिमकुमारी थापा निर्वाचित भएकी छन । आज भएको निर्वाचनमा राधिका सापकोटालाई भारी मतले पछि पार्दै थापा निर्वाचित भएकी हुन् । ३ सय ६० खसेको मत मध्ये थापाले २७५ र सापकोटाले ४१ मत प्राप्त गरे । कुल ८ सय ३० मत रहेकोमा ४४ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी दिए ।
संस्थाको उपाध्यक्ष पञ्चमाया पाख्रिन,सचिव सृजना माया बज्यू र कोषाध्यक्षमा रमिला सापकोटा चयन भएका छन् भने भने सदस्यहरु सरस्वती थिङ क्षेत्रि, बेलिमाया घलान, इन्द्रिरा श्रेष्ठ, सकुन्तला लामा बल र सुमित्रा स्याङतान चयन भएका छन् । संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक सुन्दरी माया दोङ,सदस्य कान्छिमाया लामा र उर्मिला कुमारी लिम्बु चयन भएका छन् ।
मकवानपुर
प्रतिक्रिया