पेशागत महासंघको अधिवेशन सम्पन्न

पाँचथर । पाँचथरमा नेकपा एमाले समर्थक पेशागत महासंघ जिल्ला समितिको अधिवेशन शनिबार फिदिममा सम्पन्न भयो । तेह्र वटा घटक संस्थाको प्रतिनिधित्व रहने गरि जिल्ला पेशागत महासंघको अधिवेशन गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कर्मचारी संघको अध्यक्ष सोम दंगाल, स्थानीय तहको प्रतिनिधित्व सरस्वती सिवाकोटी, नेपाल शिक्षक संगठन अध्यक्ष माक्सिम लिम्बू , नेपाल निजामती कर्मचारी संगठन उपाध्यक्ष तिर्थ मिश्र, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तुलसी थापाले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पेशागत महासंघको केन्द्रीय सदस्य पारस न्यौपानेको प्रमुख अतिथित्यतामा अधिवेसन सम्पन्न भयो । समिति पदाधिकारीहरुको चयन सर्वसम्मतबाट चयन गरिएको छ । समितिकाे अध्यक्षमा – जिवन भण्डारी, उपाध्यक्षमा सरस्वती सिवाकोटी, सुरेन्द्र भण्डारी, सचिवमा अमिता सुब्बा, सह-सचिवमा नीतिराज भण्डारी, कोषाध्यक्षमा चन्द्रप्रकाश सापकोटा लगायत १५ सदस्यीय समिति चयन गरिएको छ । प्रदेश समितिमा ५ र केन्द्रीय समितिमा २ सदस्य चयन गरिएको जनाएको छ ।

प्रतिक्रिया