शिक्षामा सूचना प्रविधिको प्रभाव

तारामणि न्यौपाने

० आजको शिक्षा प्रणालीमा सबैभन्दा महत्वपूर्ण हिस्सा यदि कसैको छ भने त्यो प्रविधि नै हो । प्रविधिले शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । प्रविधिले शिक्षकलाई ज्ञान आदानप्रदान गर्न सहजता मात्रै होइन विद्यार्थीमा ज्ञान र सीप प्राप्त गर्न पनि सरलता प्रदान गरेको छ

दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएका रणनीतिहरुको केन्द्रमा सूचना तथा प्रविधि रहँदै आएको हुन्छ । प्रविधि सम्पूर्ण सभ्यताको जननी हो । प्रविधि भनेको कार्यसम्पादनमा सहजता ल्याउन तयार तयार गरिएको वैज्ञानिक सामग्री वा साधन हो भने यसका माध्यम विभिन्न हुन सक्छन् । प्रविधिले निसन्देह रुपमा जीवनका हरेक अथवा प्रत्येक क्षेत्रमा प्रभाव पारेको हुन्छ ।

प्रविधिले विभिन्न कार्यलाई स्वचालित बनाउन सक्दछ । विज्ञान तथा प्रविधिको विकासले आज संसारका जटिलभन्दा जटिल कार्य एवं अस्वभाविक कामहरु सरल एवं सहज ढंगले सम्पादन गर्न सहजता पु¥याएको छ । आजको सुखद् एवं सुन्दर जीवन शैलीका लागि प्रविधिको प्रयोगलाई धन्यवाद दिनै पर्ने हुन्छ । आजको शिक्षा प्रणालीमा सबैभन्दा महत्वपूर्ण हिस्सा यदि कसैको छ भने त्यो प्रविधि नै हो । प्रविधिले शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । प्रविधिले शिक्षकलाई ज्ञान आदानप्रदान गर्न सहजता मात्रै होइन विद्यार्थीमा ज्ञान र सीप प्राप्त गर्न पनि सरलता प्रदान गरेको छ । शिक्षण सिकाइ प्रक्रियामा यसको प्रयोगले सरलता सहजताका साथै मनोरञ्जनात्मकता पनि थपेको छ ।

परिचय

यो २१औँ शताब्दीलाई विज्ञान तथा प्रविधिको युगका रुपमा चिनिन्छ । आज विज्ञान तथा प्रविधिका क्षेत्रमा भएको अनुसन्धान अन्वेषण तथा प्राप्तिले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रविधिको विकाससँगै यसको प्रयोगले मानिसको कार्यकुशलता, कार्यदक्षताका साथै आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पारेको छ । आजको परिवेशमा जो प्रविधिका मामिलामा कमजोर छ उ सबै क्षेत्रमा पछाडि पर्दछ । प्रविधिको प्रयोगले हाम्रा कामहरु छिटोछरितो सम्पादन हुनुको साथै प्रभावकारीसमेत हुन्छन् । शिक्षाका क्षेत्रमा प्रविधिको प्रभावको सम्भावित पक्षहरुको यहां संक्षिप्त चर्चा गरिन्छ ।

शिक्षामा आधुनिक प्रविधि

सन् १९२० डिसेम्वरको उत्तराद्र्धमा चीनको वुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड १९) आज विश्वमा महामारीका रुपमा मृत्युको ताण्डव मच्चाइरहेको छ । आज संसारभरिकै शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा सञ्चालन हुन सकेका छैनन् । यो परिवेशमा त अझै झन् शिक्षामा प्रविधिको प्रभाव हुने नै भयो । कोभिड पूर्वको समयमा समेत यसले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ । शिक्षा ज्ञान, सीप तथा व्यवहार स्थानान्तरण गराउने एउटा सशक्त माध्यम हो । सूचना तथा सञ्चार प्रविधिको विकासले अहिलेको आधुनिक विश्व एउटा सानो गाउँको रुपमा रुपान्तरण भएको छ । प्रविधिको प्रयोगले खासगरी शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याइ बृहत्तर राष्ट्रिय लक्ष्य हासिल गर्न प्रभावकारी सिद्ध भएको छ । २१औँ शताब्दीको जीवन यात्रा र जीवनपद्धतिसँग समायोजन हुन प्रत्येक मुलुकले आफ्नो शिक्षा नीतिमा सूचना तथा प्रविधि भित्र्याएका छन् । प्रविधिको प्रयोगले शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ, साथै विद्यालय व्यवस्थापन प्रक्रियालाई सरल, सहज एवं प्रभावकारी बनाउनुका साथै समग्र शिक्षाप्रणाली गतिशील हुन पुगेको छ । रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, डिजिटल क्यामेरा, प्रोजेक्टरजस्ता प्रविधिका उपकरणहरु शिक्षण सामग्रीका रुपमा प्रयोग भइरहेका छन् ।

० प्रविधिको प्रयोगले खासगरी शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याइ बृहत्तर राष्ट्रिय लक्ष्य हासिल गर्न प्रभावकारी सिद्ध भएको छ । २१औँ शताब्दीको जीवनयात्रा र जीवनपद्धतिसँग समायोजन हुन प्रत्येक मुलुकले आफ्नो शिक्षा नीतिमा सूचना तथा प्रविधि भित्र्याएका छन् । प्रविधिको प्रयोगले शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ साथै विद्यालय व्यवस्थापन प्रक्रियालाई सरल, सहज एवं प्रभावकारी बनाउनुका साथै समग्र शिक्षा प्रणाली गतिशील हुन पुगेको छ

इन्टरनेटको जडान

इन्टरनेट आज अत्यावश्यक भइसकेको छ । शिक्षा क्षेत्रमा यसको भूमिकालाई नजरअन्दाज गर्न सकिदैंन । केही अपवादबाहेक विद्यार्थीका लागि इन्टरनेट वरदान् सावित भइसकेको छ । जसको प्रयोगबाट विद्यार्थीले विभिन्न प्रकारका शैक्षिक सहयोग कक्षाहरु जुम, गुगल, मिट, टिम, युट्युब आदिका माध्यमबाट प्राप्त गर्नुका साथै सोक्रयाटिभ जस्ता एप्सहरुबाट मूल्यांकन र जाँचको समेत प्रयोग गर्न पाएका छन् ।

प्रोजेक्टरको प्रयोग

मौखिक रुपमा पढाइएको भन्दा दृश्य सामग्रीले सिकाइलाई प्रभावकारी एवं उद्देश्यमूलक बनाउन मद्दत पु¥याउँछ । शिक्षणमा अर्को महत्वपूर्ण प्रविधिको प्रयोग प्रोजेक्टर र दृश्यसामग्रीको प्रयोग हो । आज विश्वका राम्रा तथा कहलिएका शैक्षिक संस्थाहरुले शिक्षण सिकाइलाई अन्तक्र्रियात्मक रोचक एवं प्रभावकारी बनाउन पावर प्वाइन्ट प्रिजेन्टेसनको प्रयोग गरेको देखिन्छ जसले शिक्षार्थीहरुमा उत्प्रेरणाको समेत विकास गरेको पाइन्छ ।

प्रविधिको प्रयोग गरी अनलाइन शैक्षिक योग्यता

आज अनलाइन डिग्री अत्यन्तै लोकप्रिय भइसकेको छ । मानिसहरु अनलाइन कोर्स अध्ययन गरी दीक्षितसमेत भएका छन् । ठुल–ठुला शैक्षिक अनुष्ठानहरुले अनलाइन कार्यक्रममार्फत विभिन्न किसिमका रोचक एवं प्रभावकारी कार्यक्रम तयार गरी कार्यान्वयन गरेको पाइन्छ । अनलाइन डिग्रीमा आयआर्जन गर्दै अध्ययन गर्न पाइने हुँदा यसमा शिक्षार्थीहरुको आकर्षण बढेको हो ।

शिक्षामा प्रविधिको महत्व

शिक्षामा प्रविधिको महत्व निम्नानुसारका कारणले दिनानुदिन बढ्दै गइरहेको छ ।

० शैक्षिक पहुँचको विस्तार गर्न

० सक्षमता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न

० सिकाइ प्रक्रियामा बालबालिकालाई क्रियाशील बनाउन

० ज्ञानको दायरा फराकिलो बनाउन

० शिक्षकहरुको पेशागत दक्षता बढाइ शैक्षिक गुणस्तरमा सुधार ल्याउन

० शिक्षण सिकाइ प्रक्रियालाई रोचक दीगो एवं प्रभावकारी बनाउन

० सक्षम र दक्ष जनशक्ति उत्पादन गरी निरन्तर एवं जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न

० शैक्षिक व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन

० शैक्षिक अवसरको विस्तार गर्न

० ज्ञानको नयाँ संसारमा सहज प्रवेश गराइ मूल्यांकन प्रणालीमा सुधार गर्दै शैक्षिक सुशासनको प्रत्याभूति गर्न शिक्षामा प्रविधिले अत्यन्तै ठुलो भूमिका निर्वाह गरेको छ ।

शिक्षामा प्रविधिको प्रयोगमा अवरोध पुर्याउने तत्वहरु

शिक्षामा प्रविधिको प्रयोग गर्दै जाँदा विभिन्न प्रकारका अवरोधहरु पनि देखा पर्दै जान्छन् जसलाइ यसप्रकार प्रस्तुत गर्न सकिन्छ ।

० समयको अभाव

० पहुँचको अभाव

० साधनको अभाव

० विज्ञताको अभाव

० सहयोगको अभाव

शिक्षामा प्रविधिको प्रभाव

शिक्षामा अत्याधुनिक प्रविधिको प्रयोगले सकारात्मक तथा नकारात्मक दुवै प्रकारको प्रभाव पार्न सक्दछ । शिक्षामा यसले पार्ने प्रभावलाइ यसप्रकार उल्लेख गर्न सकिन्छ ।

० प्रभावकारी एवं सक्रिय सिकाइ

० समन्वयात्मक तथा सँगसँगै सिकाइ

० एकीकृत सांगठनिक सिकाइ

० विद्यार्थी केन्द्रित र खोजमूलक सिकाइ

० मूल्यांकनात्मक सिकाइ

० रचनात्मक सिकाइ

सकारात्मक प्रभाव

परिष्कृत शिक्षण सिकाइः डिजिटल क्यामेरा, प्रोजेक्टर, माइन्ड ट्रेनिङ सफ्टवेयर, पावर प्वाइन्ट प्रिजेन्टेसन, थ्रिडी दृश्यांकन जस्ता औजारले परिष्कृत शिक्षण सिकाइ गराउँछ ।

विश्वव्यापीकरणः प्रविधिको प्रयोग गरी आज विभिन्न राज्य÷देशका अन्य विद्यार्थीसँग भिडियो कन्फ्रेन्सका माध्यमबाट सिकाइ गराउँछ ।

भौगोलिक सीमा नभएकोः डब्लुडब्लुडब्लु डट ग्लोभाइस डट कमबाट विदेशी भाषा ग्रुपमा सजिलैसित अन्य भाषाको सिकाइ गर्न सकिन्छ ।

नकारात्मक प्रभाव

लेखन दक्षतामा ह्रासः प्रविधिको प्रयोगले शिक्षार्थीमा लेखाइ क्षमतामा ह्रास आएको छ ।

नक्कल गर्ने घटनामा बृद्धिः प्रविधिका विभिन्न साधनजस्तै ग्रफिकल क्यल्कुलेटर हाइटेक घडीहरु मिनिक्यामेरा जस्ता साधनले शिक्षार्थीलाई नक्कल गर्न उत्प्रेरित गर्दछ ।

विद्यार्थीको ध्यानाकर्षणमा कमीः प्रविधिको प्रयोगले विद्यार्थीको विषयवस्तुतिर ध्यान जान छोडेको छ ।

सारांश

आजको शिक्षाप्रणालीमा सबैभन्दा महत्वपूर्ण हिस्साको रुपमा प्रविधि अगाडि आएको छ । यसले शिक्षाप्रणालीमै क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । प्रविधिले ज्ञान आदानप्रदानमा सहजता ल्याउँदै सीप प्राप्त गर्न समेत महत्वपूर्ण सहयोग गरेको छ । साथै शिक्षण सिकाइमा समेत यसको प्रयोगले सजिलो बनाउँदै मनोरञ्जन पनि थपेको छ । दिगो विकासको बृहत्तर लक्ष्य प्राप्त गर्न अवलम्वन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा प्रविधि रहँदै आएको छ । विज्ञान तथा प्रविधिको विकासले जटिलभन्दा जटिल कामलाई सहज ढंगले सम्पादन गर्न सघाएको छ ।

प्रतिक्रिया