सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजि कार्य जारी

रुकुम पूर्व । सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका ८ चारगाउँका ६५ वर्षिया मनबहादुर मल्ल बेपत्ता भएका हुन् । बिहीबार विहान माछा मार्न जान्छु भनि घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि खोजि कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बिहिबार बिहान ७ बजेतिर मल्ल माछा मार्ने सामाग्री सहित सानीभेरी नदी किनार तिर लागेका थिए ।

उनी बेपत्ता भएको खबर पाए लगतै इलाका प्रहरी कार्यालय प्वाङ र प्रहरी चौकी जाङको संयुक्त टोलिले खोजि कार्य तिव्र पारेको छ । खोजि कार्यमा उनका आफन्तले प्रहरीलाई साथ दिइरहेका छन् । मल्लको खोजि गर्दै जादा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका २ स्थित तिप्ताराको नदी किनारमा फेला परेको स्थानीय अनजान ठकुरीले जानकारी दिए । उनको खोजि भइरहेको छ । अप्ठयारो भूगोल, नदीमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजि कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया