धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१६ घोराहीका ट्याक्टर चालक ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
बिहीबार राती धनगढीबाट घोराही तर्फ जाँदै गरेको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई धनगढी–१६ स्थित उल्टापानी भन्ने नालामा पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया