बझाङमा पुरुषकाे शव फेला

बझाङ । बझाङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ सुवेडाकाे पानीकाफल सामुदायिक बन क्षेत्र ( घुसखोला ) मा एक पुरुषको शव फेला परेको हो । नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख जागेश्वर भण्डारीले भने, ‘हामीले आजै मात्र थाहा पाएका हाैं, प्रहरीले घटना स्थलकाे अनुसन्धान गरि पाेष्टमाटमका लागि जिल्ला अस्पताल राखिएको छ ।

प्रतिक्रिया