कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्तामा परियार

काठमाडौं । नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जम्मिेवारी सहमहामन्त्री जीवन परियारले पाएका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको असोज ६ गते बसेको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को तोकिए हो ।

संचार माध्यमले आवश्यक सूचना एवं विविध बिषयमा क्रमशः तय हुने अवधारणाका लागि उनलाई सम्पर्क गर्न घोषणा पत्र तयारी समितिका सदस्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया