कैलालीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

धनगढी । कैलालीमा श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने श्रीमान् पक्राउ परेका छ्न् । श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने जिल्लाको गौरीगंगा नगरपालिका– ५ का ३६ वर्षीय शेरबहादुर नाम्जालीमगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

उनलाई सोही ठाँउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार शेरबहादुरको कुटपिटबाट निजकी श्रीमती ललिता नाम्जाली मगरको मृत्यु भएको छ । कुटपिट गरेपछि शेरबहादुर फरार भएका थिए ।

शेरबहादुरको कुटपिटबाट निजकी छोरी १७ वर्षीया लक्ष्मी नाम्जालीमगरको टाउकोमा चोट लागेको र उपचारको लागि सेती प्रादेशिक अस्पताल पठाइएको तथा अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।

साथै निजको छोरा १२ वर्षीय बिजय नाम्जालीमगरलाई सामान्य चोट लागेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया