अज्ञात समूहद्वारा कोहलपुरमा लुटपाट

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा बुधबार राति एक घरमा लुटपाट भएको छ । गयराति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वीरेन्द्रजंग शाहीको घरमा अज्ञात समूहले लुटपाट गरेको हो ।

कोहलपुर प्रहरीका अनुसार शाहीको घरमा रातिको समूहमा धेरै संख्यामा बन्दुक देखाएर १० तोला सुनसहित साढे २ लाखभन्दा बढी लुटपाट भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले उनीहरुले मोबाइलसमेत लुटेको जानकारी दिए । पीडित शाहीले लुटपाटपछि घरको बाहिर चुक्कुल लगाएर गएको बताए ।

उक्त घटना भने बिहान मर्निङ वाक गर्ने व्यक्तिले चिच्याएको आवाज सुनेर ढोका खोलिदिएपछि घटना बाहिर आएको हो ।

राति करिब १२ बजेतिर एक्कासी १० जनाको समूहले बन्दुक देखाएर लुटेको शाहीले प्रहरीसँग बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया