कैलालीमा पतिको कुटपिटबाट पत्नीको मृत्यु

धनगढी । कैलालीमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैया की ३३ वर्षीय ललिता नाम्जाली मगरको पतिको कुटपटिबाट मृत्यु भएको हो ।

ललिताको पति शेरबहादुर नाम्जाली मगरको कुटपिटबाट बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

शेरबहादुरको कुटपिटबाट निजकी छोरी १७ वर्षीया लक्ष्मी नाम्जाली मगरको टाउँकोमा चोट लागेको र उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको तथा अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।

साथै निजको छोरा १२ वर्षीय बिजय नाम्जालीमगरलाई सामान्य चोट लागेको जनाइएको छ । कुटपिटमा संलग्न शेरबहादुर फरार रहेको र खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया