नेपाल टेलिकमको प्रिपेड कम्वो अफर

काठमाडौ । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले असोज २ बाट १ सय ९९ रुपैया देखि ६ सय ९९ रुपैया सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याक ल्याएको छ ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १ सय ९९ मा ४ हजार २ सय एमबी डाटा, ४२० मिनेट कुराकानी गर्ने र ४ सय वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । ३ सय ४९ रुपैयामा १४ हजार एमबी डाटा, १४०० मिनेट कुराकानी गर्ने र १४०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

त्यसैगरी ४ सय ९९ मा १९ हजार ६ सय एमबी डाटा, १९६० मिनेट कुराकानी गर्ने र १९६० वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६ सय ९९ रुपैैयामा २८ जिबी डाटा, २८०० मिनेट कुराकानी गर्ने र २८०० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

अफर अन्तर्गत उपलब्ध सबै सुविधा खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी ९८ रुपैयामा २८ दिन भित्रमा ६ सय वटा र ६० रुपैयमा ३ सय वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया