टेलिकमको टावरले काम नगर्दा गोर्खालीवासी मर्कामा

बझाङ । बझाङको खप्तडछान्ना गाँउपालिका– ७ गार्खाली गाँउमा नेपाल टेलिकमको टावरले काम नगर्दा त्यहाँका स्थानीयहरुले सञ्चारविहिन भएका छन् ।

पहिला बनेको टावरमा समस्या आएको करिब डेढ वर्ष वितिसक्दा पनि टावर मर्मत गर्न कुनै पनि पहल नहुँदा सञ्चारविहिन हुनुपरेको त्यहाँका स्थानीयहरुले गुनासो गरेका छन् ।

स्थानीय गोविन्द बहादुर बोहराले भने, ‘हाम्रो गाउँमा घाम लागे मात्र बिहान एक–डेढ घन्टाजति टावर आउँछ एक–डेढ घन्टामा नेटवर्क आए पनि राम्रोसँग कुरा नसुनिने बिचबिचमा काटिने गरेकोले हामी २१औँ शताब्दीमा पनि टावरले काम नगर्दा सञ्चारविहिन भएका छौँ ।’
त्यस्तै, अर्का स्थानीय जयराम खड्काले भने, ‘टावरमा समस्या आएको एक–डेढ वर्ष हुँदाप नि हामीले खबर आदानप्रदान गर्न एक–डेढ घन्टा फैदल हिँड्नुपर्छ, दुरसञ्चार कार्यालय र स्थानीय सरकारलाई टावर सुधार गरिदिन पटक–पटक खबर गर्दा पनि कुनै पहल भएको छैन ।’

यस विषयमा कुराकानी गर्दा खप्पडछान्ना गाउपालिका– ७ का वडाध्यक्ष रमान्द जोशी भने वडाभरी नेटवर्कको समस्याबारे आफू जानकार रहेको र सञ्चालनका लागि दुरसञ्चार कार्यालयमा खबर गरेको बताए ।

त्यस्तै उता दुरसञ्चार कार्यालय बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले त्यो साईड सोलार साईड रहेको बताए । त्यहाँका स्थानीयहरु र आफूहरु मिलेर जलविद्युत गृहबाट तार तानेर सञ्चालन गर्न खोजेको उनले बताए ।

साथै, सिंहले पावर नपुगेर आफूहरुले दस केभीको एभिआर कम्पनीबाट मगाएको बताए । अब दशैंभित्र उक्त टावर सञ्चालनमा आउने उनको भनाई छ ।

प्रतिक्रिया