विद्यार्थीलाई स्कुल ड्रेस वितरण

बझाङ । बझाङको मष्टा गाउँपालीकामा रहेको डाडाबाग आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थीलाई वडा कार्यालयबाट स्कुल ड्रेस वितरण गरिएको स्थानीय कलकबहादुर थापाले बताए ।

थापाले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उदेश्यले स्कुल ड्रेस वितरण गरिएको बताए ।

स्कुल ड्रेस वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष रामचन्द्र रोकायाको आफूहरुले स्थानीय निर्वाचनमा स्वास्थ्य शिक्षा रोजगारलाई पहिलो प्राथमिकता राखेकाले उक्त शैक्षिक सुधारको एक अंस भएको र यस बिविद्यालयमा अध्ययनरत विध्यार्थिहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उदेश्यले विद्यार्थीलाई स्कुल ड्रेस वितरण बताए ।

प्रतिक्रिया