‘मुख्य एजेन्डा प्रतिगमन प्ररास्त हो’

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले आजको मुख्य आवश्यकता भनेको मुलुका सबै लोकतान्त्रिक शक्तिहरू एक भई प्रतिगामी एमालेलाई प्ररास्त पार्नुपर्ने समय भएको बताए । प्रगतिशील पत्रकार संघ जिल्ला शाखा अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् ।

प्रतिगामी शक्तिहरूले फेरी पनि चुनाव जिते गणतन्त्र, धर्मनिरपेक्षता तथा लोकतान्त्रिक व्यवस्था नै संकट पर्ने भन्दै महामन्त्री सिंहले हिजोको जस्तो प्रतिगामी शक्ति कमजोर नभएको किनकि भारतीय हिन्दूवादी कट्टरपन्थी संघ मिली एमाले अगाडि बढेको बताए । राजावादी पार्टीहरू संघ खुल्लारूपमै एमाले तालमेल गरेर अगाडि बढेकोले फेरी पनि राष्ट्रियताको सवाल कमजोर हुन सक्ने हुँदा समयमै विचार पुराई अगाडि बढ्न नसकेपछि खतरा पनि हुन सक्ने सिंहले बताए ।

सिंहले भने, ‘पहिला राजा मात्र थिए अहिले एमालेसहित प्रतिगामीहरूको शक्ति अली पराकिलो हँुदै जाँदा खतरा बढेको हो, राजतन्त्र स्थापनाको लागि भित्री षड्यन्त्र भएको गतिविधिले देखाएको छ, ओली दुईपटक संसद्को विघटन गरी तानाशाहको बाटोमा अगाडि बढे, अबको निर्वाचनले उनलाई पूर्ण रूपमा कमजोर बनाउने निश्चित छ ।’

मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा अहिलेसम्म पनि सिटफाँड विषय अझै सहमति नभएको भन्दै कतै सिटबाँडफाँडले गर्दा गठबन्धन टुट्ने र राष्ट्रियताका विभिन्न सवालहरूमा समस्या हुने त होइन भन्ने प्रश्नसमेत हुन थालेको बताए ।
पार्टीको नीति नै सहमति भएका विभिन्न सवालमा गठबन्धन दलहरूसँग सहमति नभएका विषयमा संघर्ष हुने र गठबन्धन दलहरूले नागरिता विधेयक, एमसिसी, एसपीपीजस्ता विषयमा सहमति गरेर अगाडि बढाए पनि आफ्नो पार्टीले विरोध गरी देशव्यापी आन्दोलन गरेको महामन्त्री सिंहले बताए । दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा अर्घाखाँची आएका सिंहले पाँच दलीय गठबन्धनमा कुनै सहमति हुन नसके आफूहरू एक्लै निर्वाचमा जाने बताउँदै आफूहरू राष्ट्र र राष्ट्रियताको बारेमा कसैसँग सम्झौतासमेत नगर्ने सिंहले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, भूमिकास्थान नगरपालिका प्रमुख तथा जनमोर्चा केन्द्रिय सदस्य झबि थापा, जनमोर्चाका नेताहरू सागर केसी शेरबहादुर केसी, थम्मन केसी, पशुपती खनाल, कबिराम खनाल लगायतका नेताहरू साथै पत्रकार महासंघका जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको तथा सचिव भगवता पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया