बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ १६ गते घरबाट निस्किएका उनी अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।
परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए ।
प्रहरीले उनको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । विकका परिवारले उनको खोजतलासमा ढिलाइ भएको गुनासो गरेका छन् ।
प्रतिक्रिया