संगठन विस्तारमा समाजवादी प्रेस संगठन बाँके

नेपालगञ्ज । समाजवादी प्रेस संगठन बाँके शाखाले आफ्नो दोस्रो विस्तारित वैठक राखि संगठन लाई चुस्त, दुरुस्त राख्दै आफ्नो संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

विस्तारित वैठकलाई सम्बेधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले समाजवादी प्रेस संगठन छोटो समयमै केन्द्र, सातै प्रदेश केही जिल्लाबाहेक सबै जिल्ला आफ्नो संगठन विस्तार गर्ने सफल भएको बताए ।

साथै, उनले संगठनमा भएका आफ्ना सदस्यरू दत्तचित्त, लगनशील र किर्याशिल भएर लाग्न निर्देशन समेत दिए । सोही अवसरमा अर्यालले बाँके अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ शर्मालाई संगठको सदस्यता दिँदै संगठन विस्तार तथा सदस्य वितरण कार्यक्रमको सुरुवात गरेका थिए ।

सोही अवसरमा केन्द्रीय सदस्य तथा बाँके ईन्चाज अशोक कोइरालाले आउने आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउे गरि आफ्नो–आफ्नो भुगोलमा खटेर लाग्न सम्पूर्ण पत्रकारहरूलाई निर्देशन दिँदै पत्रकारहरूलाई पार्टीबाट दिन सक्ने अवसर, पत्रकारका समस्या समाधानमा पार्टी सधैं साथमा रहेको बताए ।

रिक्त रहेका पदपुर्ति गर्दै लोकनाथ शर्माको अध्यक्षतामा ३१ सदस्यीय समाजवादी प्रेस संगठन बाँके शाखा विस्तारसमेत गरेको छ । कार्यक्रममा नेकपा एस बर्दियाका उपाध्यक्ष दिलबहादुर क्षेत्री, सचिव इन्द्रबहादुर रावल, बाँकेका उपाध्यक्ष भद्र देवकोटालगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया