बझाङ । संविधान दिवसकाे अवसरमा बझाङ सदरमुकाम चैनपुरमा दीप प्रज्वलन गरीएको छ । ८औं संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखा र बगेश्वरी असल साशन क्लब (बास बझाङ)को आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले अबको दुई महिना भित्रै प्रदेश सभा र प्रतिनिधी सभाको चुनाव हुने भएकोले यस सविधानलाई सफल मान्नुपर्ने बताए ।
संविधानमा भएका कमि कमजोरीलाई पुर्णता दिने काम भएको र संविधान जारी भएपछि सिंहदरबारको अधिकार गाँउगाँउमा पुगेको बताए । दिवसको अवसरमा जयपृथ्वी नगरपालिकाले आज बिहान बझाङको सदरमुकाम चैनपुरमा सरसफाई कार्यक्रम गरेको थियो ।
बझाङ
प्रतिक्रिया