बझाङमा आत्महत्या गर्नेमा महिलाकाे संख्या बढी

बझाङ । बझाङ जिल्लामा आत्महत्या गर्ने पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ । आईतवार जिल्ला प्रहरी कार्यालय बझाङले आयोजना गरेको आत्महत्या रोकथाम समन्धी जनचेतनामुलक कार्यक्रमामार्पफत सो तथ्याङ्क सार्वजनिक गरिएकाे हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जयपृथ्वी नगरपालिकामा ६ महिला २ पुरुष गरी जम्मा ८ जना, बुंगल नगरपालिकामा २ महिला, विथ्थडचिर गाँउपालिकामा १ महिला, केदारस्यु गाँउपालिकामा १ महिला, दुर्गाथली गाँउपालिकामा १ महिला २ पुरुष गरी ३ जना, छविसपाथिभरा गाँउपालिकामा २ महिला, खप्तडछान्ना गाँउपालिकामा १ महिला ३ पुरुष गरी ४ जना, मस्टा गाँउपालिकामा २ महिला २ पुरुष गरी ४ जना र सुर्मा गाँउपालिकामा ४ महिला गरी जम्मा २० महिला ९ पुरुष गरी जम्मा २९ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ७७/७८ मा जयपृथ्वी नगरपालिकामा ३ महिला २ पुरुष गरी जम्मा ५ जना, बुगल नगरपालिकामा ५ महिला २ पुरुष गरी ७ जना , विथ्थडचिर गाँउपालिकामा २ पुरुष, केदारस्यु गाँउपालिकामा १ महिला १ पुरुष गरी २ जना, थलारा गाँउपालिकामा १ महिला १ पुरुष गरी २ जना, दुर्गाथली गाँउपालिकामा ३ महिला १ पुरुष गरी ४ जना, छविसपाथिभरा गाँउपालिकामा १ पुरुष, खप्तडछान्ना गाँउपालिका ४ महिला ३ पुरुष गरी ७ जना, मस्टा गाँउपालिकामा १ पुरुष, तलकोट गाँउपालिकामा १ महिला १ पुरुष गरी २ जना, साईपाल गाँउपालिकामा १ पुरुष र सुर्मा गाँउपालिकामा १ पुरुष १ महिला गरी जम्मा २ जना गरी जम्मा महिला १९ पुरुष १७ महिलाले आत्महत्या गरेकाे देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष ०७९/८० मा ५ महिला र ४ पुरुष गरी जम्मा ९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङका उल्लेख छ । आत्महत्या गर्नुको पछाडि, गरिबी, बेरोजगारी, असफलता, आवेश, मानसिक असन्तुलन, दीर्घ रोग, घरेलु हिंसा आदि हुनसक्ने अनुमान छ । प्रारम्भीक अनुसन्धानको क्रममा घरेलु हिंसा, किशोर अवस्थाको माया प्रेम, सामाजिक सञ्जालका कारण आत्महत्या गर्नेहरु बढेका जिल्ला प्रहरी प्रमुख डिएसपी जागेश्वरी भण्डारीले बताए ।

प्रतिक्रिया