कैलालीमा माछा मार्ने क्रममा डुबेर युवती बेपत्ता

धनगढी । कैलालीमा माछा मार्ने क्रममा नालामा डुबेर एक जना यूवती बेपत्ता भएकी छ्न् ।

धनगढी उपमहानगरपालिका– १३ झलारीकी २० वर्षीया नवीना चौधरी नालामा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

शनिबार बिहान चौधरी माछा मार्ने क्रममा झलारी नालामा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । बेपत्ता चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया