एकीकृत समाजवादी निकट प्रवासी एकता मञ्च जापानको अध्यक्षमा सिलवाल

जापान । टोकियो नेकपा (एकीकृत समाजवादी) ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च जापानको भेला सम्पन्न भएको हाे । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा जुम अनलाइन मार्फत भएको जापानको भेलाले दोर्ण सिलवालको अध्यक्षमा २३ सदस्यीय राष्ट्रिय संगठन कमिटी गठन गरेको हो ।

राष्ट्रिय कमिटीको तीन जना उपाध्यक्षहरूमा मञ्जु गिरी, तिलक दाहाल, हरि लामिछाने रहेका छन्, भने सचिव टक्कर कुवँर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण अर्याल चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, विष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, विश्वास न्यौपाने, निर्प कँवर, शिक्षा सत्याल, रत्ना कुवँर , सुमित रोकाया, दिनेश खनाल, रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल, तुलराज पाण्डेलाई सदस्यको जिम्मेवारी दिएको छ ।

कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेशराज ज्ञवाली, राजु कार्की, सागरमणि भण्डारी, भोजराम भण्डारी, प्रकाश महरा रहेका छन् ।
कमिटीका अध्यक्ष सागर रिजालको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहले वर्तमान राजनैतिक परिस्थितिको बारेमा र समाजवादी आन्दोलनमा प्रवासी संगठनको भूमिका तथा दायित्व बारे प्रकाश पार्दै सपथ गराए ।

प्रतिक्रिया