समावेशी शिक्षा विषयक शिक्षकहरुलाई पाँचदिने तालिम

कालिकोट । समावेशी शिक्षा विषयक शिक्षकहरुलाई पाँचदिने तालिम सुरु भएको छ । विद्यालय बाहिर रहेका किशोर किशोरीहरुका लागि शिक्षा र जीवन उपयोगी सिपमा अवसर (ईलोशा) परियोजनाअन्तर्गत (स्याक) नेपालको आयोजना तथा युनिसेफको सहयोगमा तालिम सुरु गरिएको हो ।

खाँडाचक्र नगरपालिकामा रहेका १७ वटा विद्यालयलका शिक्षकहरुलाई तालिम दिएको छ । एक विद्यालयका २ जना शिक्षकलाई ५ दिनसम्म समावेशी शिक्षाको लागि तालिम आयोजना गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईका प्रकाशचन्द्र धिताल र पन्चदेब उच्च माध्यामिक विद्यालयका चन्द्रप्रसाद कोईरालाले शिक्षकहरुलाई प्रशिक्षण गराउने छन् ।

समाज जागरण केन्द्र (स्याक) नेपालका परियोजना संयोजक हरि तिवारीले कार्यक्रमका उद्देश्यमाथि प्रष्ट पार्दै विद्यालयलाई समतामूलक बनाउने, कक्षा कोठालाई समावेशी बनाउने, कक्षा कोठा शैक्षणिक उद्देश्य प्राप्तिका लागि व्यवस्थित बनाउने, विद्यालय बाहिर रहेका किशोर किशोरीलाई समतामूलक शिक्षा प्रदान गर्ने तालिमको उद्देश्य रहेको उनले बताए ।

खाँडाचक्र नगरपालिकाका १७ वटा विद्यालयमा (स्याक) नेपालले काम गरिरहेको छ । १७ वटा विद्यालयमा २ सय ६६ जना किशोर किशोरीहरु विद्यालय बाहिर रहेको समाज जागर केन्द्रको तथ्यांकमा छ ।

विद्यालय बाहिर रहेका किशोर किशोरीलाई अनौपचारिक शिक्षासम्बन्धी १० महिने तालिम दिने तथा केही किशोर किशोरीलाई जिवनउपोगी सीपमुलक तालिम समेत दिएर आत्मनिर्भर बनाउने कार्यक्रम संयोजक तिवारीले बताए ।कालिकोटका अधिकांश स्थानीय तहमा अहिले पनि बालबालिका विद्यालय बाहिर छन् ।

बालमैत्री विद्यालय नहुनु, समोवेशी शिक्षाको अभावले किशोर किशोरीले विद्यालय छोड्ने गरेको सहभागीहरुको भनाई छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया