पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो आज बिहान सवा ४ बजे खसेको थियो ।

पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

प्रतिक्रिया