चट्याङ लागेर कञ्चनपुरमा दम्पतीको मृत्यु

दोधारा चाँदनी । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीय दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया