कोहलपुर–बाँके । युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जगरण अभियान टोलीलाई बाँकेमा भव्य स्वागत गरिएको छ । महेन्द्रनगरबाट सुरु भएको आभियान टोली सुर्खेतबाट बाँके आउँदा बाँकेको चिसापानीमा युवा संघ, नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ता तथा विद्यार्थीले स्वागत गरेका हुन् ।
स्वागतमा युवा संघ कार्णाली प्रदेशका अध्यक्षले युवा संघको र राष्ट्रिय झन्डा युवा संघका महासचिव दिपक जिएम, जिल्ला अध्यक्ष, सुनिल रसाइली र नेकपा एसका केन्द्रीय सदस्य अशोक कोईरालालाई हस्तान्तरण गरेका थिए । त्यसपछि मोटरसाइकल र्यालिसहित कोहलपुरको न्युरोडमा कोण सभा गरिएको थियो ।
सो कोण सभामा बोल्दै नेकपा एसका केन्द्रिय सदस्य तथा बाँके ईन्चाज अशोक कोईराले राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गर्नमा जोड दिए । उनले ‘जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’ भन्ने नारा लिएर भएको सो अभियानले सफलाता पाएकाे भन्दै शुभकामना दिएका थिए ।
जनतामा सकरात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह भर्न, युवा पलायन रोक्न, तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै समाजवादी यात्रामा लामवद्ध हुन प्रेरित गर्नका लागि यो अभियान सञ्चालन गरिएको संघकका महासचिव दिपक जिएमले बताए ।
कोण सभामा कलाकारहरुले सन्देशमुलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि उक्त युवा संघ अभियानको टोली दाङतर्फ लागेको बताइएको छ ।
प्रतिक्रिया