जनताले अनुभुती गर्ने गरि विकास गर्नुपर्छ : भुसाल

अर्घाखाँची । प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले विकट क्षेत्रका गरिब तथा निमुखा जनताले समेत विकासको प्रत्यक्ष अनुभुती हुने गरि बिकासको प्रकृया अगाडी बढाउनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आईतबार सन्धिखर्कमा गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । भुसालले सबै क्षेत्रको योजनाबद्ध बिकासलाई अगाडी बढाउनु पर्ने भन्दै भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनको बिकाससँगै युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रमहरु समेत सञ्चालन गरिने बताईन् ।

भ्रष्टचार मुतm समाज निमार्ण गरि सुशासन सहितको बिकास र समृद्ध नेपाल बनाउनु पर्ने भन्दै जनताले महसुस गर्ने गरि लोककल्याणकारी काम गर्नेु पर्ने भुसालले बताईन् । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा सिट बाँडफाटको काम अन्तिम चरण पुगेको बताउदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी भुसालले पार्र्टीले टिकट दिए अर्घाखाँचीबाट नै प्रतिनिधीसभाको उम्मेदवार बन्ने बताइन् ।

चुनाबी प्रसँगको चर्चा गर्दै भुसालले भनिन, ‘युवाहरुलाई पनि समय परिवेश अनुसार अवसर दिनुपर्छ, त्यो कुरामा मेरो कुनै दुई मत छैन् । युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गर्नु हुदैन । यदि त्यो प्रवृति अगाडी बढायौं भने राजनीति नकारात्मक चरणतिर अगाडी बढ्छ भन्ने मेरो मान्यता हो । व्यक्ति यो वा त्यो भन्दापनि उसले गर्ने काम सबैभन्दा महत्वपुर्ण हो ।’ राज्यका तिनै तहका सरकारहरुको आपसी समन्वयबाट नै जनतालाई स्वरोगार बनाउने, तथा आर्थिक हिसावले पनि शसक्तिकरण गराउन सबै पक्ष लाग्नु पर्ने बताईन् ।

विगत देखी नै आफूले जिल्लाको बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै भुसालले गोरुसिंगे सन्धिखर्क सडक, सालझण्डी ढोरपाटन बाटोको पुर्णता तथा स्तर उन्नतीका लागी सरकारबाट प्रयाप्त बजेट बिनीयोजन गर्न लागेको समेत बताईन् । अर्घाखाँची जिल्लामा वाँदर, बदेल जस्ता जँगली जनावरबाट जनधनको क्षती हुनुका साथै आम जनताको दैनिक जिवनमा समेत समस्या परेको बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उपसभामुख भुसालले उतm समस्याको सामाधानका लागी बलियो कानुन बनाएर समस्या सामाधान गर्ने बताइन् । साथै अन्य बिभिन्न समस्याहरुका बिषयमा पनि कानुन निमार्ण गरि जनताको अनुकुलतामा काम गर्ने बताईन् ।
आम जनताले तिरेको करलाई मुलुकको बिकास र समृद्धिका लागी करलाई सहि ढंगले प्रयोग गर्नुपर्ने भन्दै पत्रकारले सुशासन र बिकासका लागी निरन्तर आवाज उठाउदै सामाजिक बिकासका सवै क्षेत्रमा पत्रकारको महत्वपुर्ण भुमिका रहने बताईन् । उपसभामुख भुसाल अर्घाखाँचीबाट प्रतिनिधीत्व गर्दे राष्ट्रिय राजनितीमा प्रभाव राख्दै प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको भन्दै पत्रकार मंहासंघ अर्घाखाँची शाखाले सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया